नियम ६६
ऋणदाता र शेयरहोल्डरले लिखत निरीक्षण गर्न पाउने
नियम ६५ बमोजिम धितो बन्धक र कर्पोेरेशनको सम्पति प्रति व्ययभार हुने अरू लिखतहरूको रजिष्टर भएको प्रतिलिपि र लिखतलाई त्यस्तो कुनै रजिष्टर भएको ऋणदाताले र शेयरहोल्डरले समितिबाट तोकेको दस्तुर तिरी र सो सम्बन्धमा कर्पोरेशनबाट लगाएको मनासिब माफिकको प्रतिबन्धहरू पालन गरी निरीक्षण गर्न पाउने गरी खुला राख्नु पर्छ ।
तर कार्यालय खुलेको दिनमा त्यस्तो निरीक्षण गर्न पाउने समय २ घण्टा भन्दाकम हुने छैन ।